Rule 126
विद्यालय शिक्षक किताबखाना
(१) शिक्षकलाई प्रदान गरिने निवृत्तभरण, पारिवारिक निवृत्तभरण, शैक्षिक भत्ता, सन्ततिवृत्ति, उपदान, बीमा, औषधोपचार आदिका सम्बन्धमा आवश्यक व्यवस्था गर्न मन्त्रालय अन्तर्गत एक विद्यालय शिक्षक किताबखाना रहनेछ ।
(२) शिक्षक किताबखानाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) शिक्षकहरुको नोकरी अभिलेख अद्यावधिक राख्ने,
(ख) शिक्षकको निवृत्तभरण र उपदानको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने,
(ग) शिक्षकको निवृत्तभरण, उपदान, औषधी उपचार र बीमाको लागि वैयक्तिक विवरण तयार गर्ने सम्बन्धमा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुबाट विवरण माग गर्ने,
(घ) उमेरको कारणबाट अनिवार्य अवकाश पाउने शिक्षकलाई अवकाश पाउने मिति समेत खुलाई छ महिना अगावै जानकारी गराउने,
(ङ) शिक्षकको वार्षिक तलबी विवरण पारित गर्ने, गराउने,
(च) निवृत्तभरण कोषको सञ्चालन गर्ने,
(छ) निवृत्तभरण, उपदान, बीमा, औषधोपचार लगायतका अन्य रकमको निकासा दिने,
(ज) निवृत्तभरण र उपदान सम्बन्धी अन्य आवश्यक काम कारबाही गर्ने,
(झ) शिक्षकको सेवा अवधि गणना सम्बन्धी काम गर्ने,
(ञ) मन्त्रालयले दिएको निर्देशनहरुको पालना गर्ने ।
(३) शिक्षक किताबखानाको अन्य काम, कर्तव्य र अधिकार मन्त्रालयले तोके बमोजिम हुनेछ ।